देश

एमालेबाट विश्राम प्रसाद थारु कपिलवस्तु–१ मा एकल सिफारिस

विकास, समावेशिता र स्थायित्वको सन्देश



बाणगंगा, २० पुस

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ बाट विश्राम प्रसाद थारु चौधरीलाई उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सम्पन्न प्रतिनिधि सभा क्षेत्र नम्बर–१ को भेलाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पूर्व संविधान सभा सदस्य चौधरीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको एमाले जिल्ला उपाध्यक्ष एवम् क्षेत्रीय संयोजक शंकर पाण्डेले जानकारी दिनु भयो ।
नेता चौधरी स्पष्ट दृष्टिकोण, विकासप्रतिको दृढ प्रतिबद्धता र व्यवहारिक नेतृत्व क्षमताका कारण पार्टीभित्र मात्र नभई समाजमा समेत सकारात्मक छवि निर्माण गर्न सफल व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। सामाजिक, राजनीतिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै उहाँले समावेशी विकास, सुशासन र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्दै आउनुभएको छ।
विशेष गरी थारु समुदायसहित विभिन्न वर्ग र समुदायमा उहाँको लोकप्रियता उल्लेखनीय रहेको छ। स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्मको अनुभवले चौधरीलाई कपिलवस्तु–१ का लागि प्रभावकारी र भरोसायोग्य प्रतिनिधि बनाउने अपेक्षा एमाले कार्यकर्ताहरूले व्यक्त गरेका छन्।
एमालेले विश्राम प्रसाद थारु चौधरीलाई उम्मेदवारका रूपमा सिफारिस गर्नुले कपिलवस्तु–१ मा विकास, स्थायित्व र समावेशी नेतृत्वको स्पष्ट सन्देश प्रवाह गरेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ। आगामी निर्वाचनमा यस सिफारिसले जनताको विश्वास थप सुदृढ हुने विश्वास पार्टीले लिएको एमाले नेता डम्मर शर्माको प्रतिक्रिया रहेको छ।

प्रकाशित : २० पुस २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६