बाणगंगा, २३ पुस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले जिल्ला कमिटी सदस्यमा १५ जनालाई मनोनयन गरेको छ । मंगलबार सम्पन्न एमाले जिल्ला सचिवालयको १०औँ बैठकले जिल्ला कमिटी सदस्यसहित जिल्ला सल्लाहकार तथा विभिन्न विभागहरूमा समेत मनोनयन गर्ने निर्णय गरेको हो ।
जिल्ला कमिटी सदस्यमा मनोनयन हुनेहरूमा नवल किशोर पाण्डे, भेषराज पाण्डे, लिला खनाल, सर्वेन्द्रदेव खनाल, अमित पौडेल, कुलबहादुर सोमै, खुमबहादुर थापा, कृष्णचन्द्र पासी, बलराम भुसाल, चुरामणि पोख्रेल, ईश्वरीप्रसाद खनाल, टोपलाल पोख्रेल, उपेन्द्र खनाल र टिका देवी उपाध्याय रहेका छन् ।
१०औँ जिल्ला सचिवालय बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य गिरधारीलाल न्यौपाने, केन्द्रीय कमिटी सदस्य एवम् पूर्व मन्त्री बलराम अधिकारी, केन्द्रीय कमिटी सदस्य शिवा कुमारी चौधरी तथा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेलले मन्तव्य राख्नुभएको थियो ।
बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यहरू डम्मर शर्मा, खुमप्रसाद आचार्य, नेत्रराज अधिकारी, दीर्घनारायण पाण्डे, धर्मराज भुसाल, विश्राम प्रसाद चौधरी, भगवानदास चौधरी, मेराज अहमद खाँ, शारदा शर्मा, लालबहादुर सुनार, एमाले प्रदेश सल्लाहकार बाबुराम आचार्य, मधुसूदन चौधरीलगायतको उपस्थिति रहेको एमाले कपिलवस्तुले जनाएको छ ।
बैठक नेकपा (एमाले) जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष शंकर पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । बैठकको सञ्चालन जिल्ला सचिव सिवि गहतराजले गर्नुभएको एमाले कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया