देश

उनेपा र रास्वपाको एकता तोडिएसँगै उनेपाको अध्यक्षमा घिसिङ



काठमाडौँ, २६ पुस

उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज बसेको सो पार्टीको बैठकले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब आफ्नो छुट्टै पार्टीको चुनाव चिह्न लिएर प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टीलाई पदका लागि मोलमालाई गर्‍यौँ भन्ने आरोप लागेको छ, यो गलत छ । यसअघि म वरियता क्रममा तल रहेर उपाध्यक्ष पदमा बसेको थिएँ । समावेशिता, सङ्घीयता लगायतको विषयमा पूरक सम्झौता नभएपछि एकता तोडिएको हो ।” अध्यक्ष घिसिङले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आजै बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा चयन गरेको छ । उनेपालाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी अभियानअन्तर्गत प्रभावकारी रूपमा चुनावी गतिविधिलाई अगाडि बढाउनेछु ।”

प्रकाशित : २६ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६