ब्रेकिंग न्युज

रास्वपा सचिवालयको आकस्मिक बैठक सुरु



काठमाडौँ, २६ पुस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिनुभयो । उहाँका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ । पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो नेपाल पार्टीबीच यसअघि सहकार्यका लागि भएका सहमति स्थगित भएको विषयमा आजको बैठकमा छलफल हुने बताउनुभयो । “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको छ, सोही विषयमा सचिवालय बैठकमा छलफल हुनेछ”, उहाँले भन्नुभयो ।

प्रकाशित : २६ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६