ब्रेकिंग न्युज

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल



काठमाडौँ, २७ पुस

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलस्थितमा आज लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको तयारीबारे छलफल गएिको हो । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आजदेखि प्रदेशगत रूपमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको रणनीतिबारे छलफल गरिएको बताउनुभयो । “पार्टीले सातैवटा प्रदेशका संयोजक, प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको बैठक सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “सोमबार मधेस, बागमती, कोशी र सुदूरपश्चिम प्रदेशको बैठक डाकिएको छ ।” –––

प्रकाशित : २७ पुस २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६