ब्रेकिंग न्युज

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छः अध्यक्ष लिङ्देन



काठमाडौँ, २७ पुस

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासका लागि प्रेरित गर्ने बताउनुभएको छ । पार्टीद्वारा ३०४ औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शाहले मुलुकको एकीकरणमा पु¥याएको योगदानलाई सम्झनुका साथै उहाँको आदर्शबाट पाठ सिकेर देशलाई सुदृढ राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । अध्यक्ष लिङ्देनले सबै नेपालीहरूले आफ्नो इतिहासको सम्मान गर्दै राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न पृथ्वी जयन्तीलाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो । “देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको पक्षलाई संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ । शाहको दूरदर्शी सोच र अदम्य साहसबाट सिक्दै सामाजिक, आर्थिक रूपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिलाई थप सुदृढ बनाउन लाग्नुपर्छ । ” कार्यक्रमका अवसरमा आयोजित चियापानमा प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको राप्रपाले जनाएको छ । —

प्रकाशित : २७ पुस २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६