ब्रेकिंग न्युज

शतगंगा नगरपालिकाको १८औँ नगरसभा सम्पन्नविकास, सेवा प्रवाह र समावेशी योजनामा गहन छलफल



अराज बेल्बासे

अर्घाखाँची, २८ पुस

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनमा नगरपालिकाको समग्र विकास, सेवा प्रवाहको वर्तमान अवस्था, चालु आर्थिक वर्षका नीति तथा कार्यक्रमसहित समसामयिक राजनीतिक, सामाजिक र विकाससम्बन्धी विषयमा गहन छलफल गरिएको छ।
नगरसभामा हालसम्म सञ्चालन तथा सम्पन्न भएका विकास निर्माणका योजना, सेवा प्रवाहमा भएका सुधार र देखिएका चुनौतीहरूको विस्तृत समीक्षा गरिएको थियो। जनप्रतिनिधिहरूले आगामी दिनमा नगरपालिकाले नागरिकमुखी, दिगो र समावेशी योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख छबिलाल पौडेलले नगरको विकासलाई योजनाबद्ध ढंगले अगाडि बढाइँदै आएको बताउनुभयो। सीमित स्रोत र साधनका बाबजुद पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको उहाँको भनाइ थियो।
उपप्रमुख गीता भाटले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्दै सामाजिक न्याय र समानताको अनुभूति गराउने नीति नगरपालिकाले लिएको जानकारी दिनुभयो। स्थानीय तहको प्रभावकारी भूमिकाबाट मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै उहाँले सेवा प्रवाहलाई थप सरल, छिटो र प्रभावकारी बनाइने बताउनुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले नगरपालिकाको प्रशासनिक अवस्था, वित्तीय अनुशासन तथा योजना कार्यान्वयन प्रक्रियाबारे जानकारी गराउनुभयो। विकास निर्माणका कार्यलाई गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न कर्मचारी प्रशासनलाई थप प्रभावकारी बनाउँदै लगिएको उहाँको भनाइ थियो।
अधिवेशनमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, रोजगारी तथा उद्यमशीलता प्रवद्र्धनका विषयमा समेत गम्भीर छलफल गरिएको थियो। वक्ताहरूले स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै आर्थिक विकास र रोजगारी सिर्जनामा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
नगरसभामा प्रस्तुत गरिएका विभिन्न प्रस्ताव, निर्णय तथा नीतिगत विषयहरू सर्वसम्मत रूपमा पारित गरिएको छ। साथै, नगरसभाको अर्को बैठक आगामी माघ १९ गते बस्ने निर्णय गर्दै अधिवेशन सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।
नगरसभा अधिवेशनको सञ्चालन योजना शाखा प्रमुख नुमलाल खनालले गर्नुभएको थियो। अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित : २८ पुस २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६