ब्रेकिंग न्युज

नुवाकोटमा आठ हजार मतदाता बढे



त्रशूली (नुवाकोट), २९ पुस

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं १ मा एक लाख २३ हजार ९२९ तथा क्षेत्र नं २ मा एक लाख २३ हजार ९३९ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो । कूल मतदातामध्ये महिला एक लाख १८ हजार ९७५, पुरुष एक लाख २८ हजार ८९० तथा तीन तेस्रोलिङ्गी रहेका निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि नुवाकोटमा १३२ निर्वाचन स्थलमा २९३ मतदान केन्द्र कायम गरिएका छन् । अघिल्लो चुनावभन्दा यस तीन मतदान केन्द्र बढाइएको छ ।

प्रकाशित : २९ पुस २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६