कपिलवस्तु, माघ ५
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सम्बन्धी पदाधिकारीहरूको विस्तारित बैठक सम्पन्न गरेको छ। उक्त बैठक मुख्यतः उम्मेदवारी मनोनयनको तयारी र व्यवस्थापनमा केन्द्रित रहेको एमाले क्षेत्रीय सह–संयोजक विश्व कार्कीले जानकारी दिनुभएको छ।

बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, कपिलवस्तुबाट संविधान सभा सदस्य तथा एमाले नेता विश्राम प्रसाद चौधरीलाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको एमाले नेता डम्मर शर्माले बताउनु भयो।
एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय समिति क्षेत्र नं. १, कपिलवस्तुका अनुसार उम्मेदवारी मनोनयन कार्यक्रम माघ ६ गते निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्दै कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
यस अवसरमा पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई बिहान १० बजे निर्वाचन सम्पर्क कार्यालय, ठाकुरापुरमा उपस्थित भई सम्पर्क गर्न आग्रह गरिएको एमाले नेता चक्रपाणी अर्यालले बताउनु भयो ।

क्षेत्रीय कमिटीका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो उम्मेदवारी बिहान ११ः०० बजे औपचारिक रूपमा मनोनयन दर्ता गर्ने तयारी गरेको एमाले नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले बताउनु भयो ।
एमालेले जनताको पक्षमा विकास, सुशासन र समृद्धिको एजेन्डालाई प्राथमिकतामा राख्दै लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको एमाले नेता झविलाल पोख्रेलले बताउनु भयो ।








प्रतिक्रिया