अन्तर्राष्ट्रिय

आज अन्तरराष्ट्रिय शिक्षा दिवस



काठमाडौँ,१०माघ

आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड दिएको छ । सन् २०१५ सेप्टेम्बरमा दिगो विकासका लागि २०३० कार्यसूची अङ्गीकार गर्दा अन्तरराष्ट्रिय समुदायले १७ वटै दिगो विकास लक्ष्य हासिल गर्न शिक्षाको भूमिका महत्वपूर्ण रहेको स्वीकार गरेको थियो । विशेषगरी दिगो विकास लक्ष्य–४ ले सन् २०३० सम्म सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै आजीवन सिकाइका अवसर प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । युनेस्कोका अनुसार हाल विश्वभर २५ करोड बालबालिका तथा किशोरकिशोरीहरू विद्यालय बाहिर छन् र ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्।

प्रकाशित : ११ माघ २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६