देश

समृद्ध कपिलवस्तु निर्माणमा सबैको साथ आवश्यक उम्मेदवार विश्राम थारु चौधरी



कपिलवस्तु, १४ माघ

कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार विश्राम प्रसाद थारु चौधरीले समृद्ध कपिलवस्तु निर्माणको साझा जिम्मेवारी पूरा गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्।

समाज निरन्तर गतिशील रहेको उल्लेख गर्दै उम्मेदवार चौधरीले समयको मागअनुसार जिल्लाको समग्र विकासमा आफू नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले विकास, समृद्धि र सुशासनका लागि सबै राजनीतिक दलका कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटी, कपिलवस्तुको प्रथम बैठकलाई गजेहडामा सम्बोधन गर्दै चौधरीले विकासका अवसरलाई सदुपयोग गर्दै कपिलवस्तुलाई समृद्ध जिल्लाको रूपमा अगाडि बढाइने विश्वास व्यक्त गरे।

चौधरीले जनताको भरोसा र साथलाई नै आफ्नो प्रमुख शक्ति ठानेर निर्वाचन अभियानलाई अघि बढाइने बताए।

प्रकाशित : १५ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६