ब्रेकिंग न्युज

‘पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड’



काठमाडौँ, १५ माघ

राजनीतिक दलका नेताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र र समावेशिता बलियो हुनुपर्नेमा जोड दिएका छन् । नेपाल मतदाता अधिकार मञ्चले आज यहाँ आयोजना गरेको ‘राजनीतिक दलमा आन्तरिक लोकतन्त्र र समावेशिताको अवस्था’ विषयक अन्तरक्रिया संविधानमा व्यवस्था भएअनुसारको समावेशिता राजनीतिक दलहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन । नेकपा (एमाले) का नेता विशाल भट्टराईले आफ्नो पार्टीले केन्द्रीय कमिटीमा ३६ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको र विधानले तोकेको ३३ प्रतिशतको सीमाभन्दा माथि महिलाको प्रतिनिधित्व रहेको बताउनुभयो । उहाँले संविधानअनुसार सबै राजनीतिक दलले वर्गीय र जातीय समावेशीतामा काम गर्दैै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा जनक साहले पुरानो राजनीतिक संरचनामा रूपान्तरण नगरेसम्म जनताको अपेक्षा पूरा हुन नसक्ने र नेपालका सबैजसो राजनीतिक दलहरुमा पुनःसंरचना आवश्यक रहेको बताउनुभयो । उहाँले दलहरु पूर्ण समावेशी तथा रुपान्तरित नभएसम्म लोकतन्त्र सुदृढ हुन नसक्ने बताउनुभयो । राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले संविधान कागजमै सीमित हुँदा दलित समुदायले अझै लोकतन्त्रको अनुभूति गर्न नसकेको र दलित समुदाय वर्गीय तथा जातीय उत्पीडनमा रहेको उल्लेख गर्नुभयो । उहाँले समावेशीता घोषणापत्रमा मात्र नभई कार्यान्वयनमा देखिनुपर्नेमा जोड दिनुभयो । मञ्चका अध्यक्ष भक्त विश्वकर्माले राजनीतिक दलहरुले समानुपातिक प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने, सिमान्तकृतमैत्री घोषणापत्र, कार्यान्वयन गर्न सकिने घोषणा बनाउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

प्रकाशित : १६ माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६