ब्रेकिंग न्युज

कपिलवस्तुमा बुद्धकालीन पुरातात्विक सम्पदा भेटियो“खुला सङ्ग्रहालय”को पहिचान थप पुष्टी



कपिलवस्तु, बाणगङ्गा १० फाल्गुण

कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका अन्तर्गत मायादेवी साझेदारी वन उपभोक्ता समूह, पटना क्षेत्रमा बुद्धकालीन पुरातात्विक संरचना फेला परेको छ। उत्खननका क्रममा पुरानो इनार र बुद्धकालीन इँटा भेटिएपछि यस क्षेत्रको ऐतिहासिक महत्व अझ उजागर भएको छ।
मायादेवी साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दिनेश प्रसाद जयशवालका अनुसार स्थानीय भद्रभलादमीहरूको आग्रहमा गरिएको प्रारम्भिक उत्खननका क्रममा ढुंगामाटोले पुरिएको इनार र अत्यन्तै पुराना इँटा फेला परेका हुन्। उहाँले भन्नुभयो, “उत्खनन गर्दा इनारसँगै बुद्धकालीन संरचनाका संकेत दिने पुराना इँटा भेटिएका छन्। यसले कपिलवस्तु क्षेत्रमा बुद्धकालीन ऐतिहासिक सामग्री पर्याप्त मात्रामा रहेको पुष्टि गर्छ।”


कपिलवस्तु प्राचीन कालमा गौतम बुद्धको बाल्यकाल बितेको स्थलको रूपमा विश्वभर परिचित छ। यहाँका विभिन्न स्थानमा यसअघि पनि महत्वपूर्ण अवशेषहरू भेटिँदै आएका छन्। पछिल्लो खोजले कपिलवस्तुलाई “नेपालको खुला सङ्ग्रहालय” भन्ने पहिचानलाई थप बल दिएको छ।
सम्बन्धित निकायबाट सत्यतथ्य अध्ययन र वैज्ञानिक उत्खनन आवश्यक रहेको भन्दै अध्यक्ष जयशवालले जिल्ला वन कार्यालय र पुरातत्व विभागलाई औपचारिक रूपमा अनुरोध गरिएको जानकारी दिनुभयो।
स्थानीय बासिन्दाहरूले यस क्षेत्रको संरक्षण, वैज्ञानिक अध्ययन र व्यवस्थित उत्खनन मार्फत ऐतिहासिक महत्व उजागर गर्न सरकारसँग माग गरेका छन्। यदि प्रामाणिक रूपमा पुष्टि भएमा, यो खोजले कपिलवस्तुको ऐतिहासिक, धार्मिक तथा पर्यटन सम्भावनालाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गरिएको छ।

यस घटनाले कपिलवस्तुमा अझै धेरै अन्वेषण र संरक्षणको आवश्यकता रहेको सन्देश दिएको छ। अब सम्बन्धित निकायको सक्रिय पहल र विज्ञहरूको अनुसन्धानले यस क्षेत्रको वास्तविक ऐतिहासिक मूल्य उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : १० फाल्गुन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६