ब्रेकिंग न्युज

जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सञ्चालन



इनरुवा (सुनसरी), ११ फागुन

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सुनसरी सदरमुकाम इनरुवामा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । इनरुवा क्षेत्रभित्रका वित्तीय संस्था तथा बैंकका कर्मचारीका साथै सुरक्षाकर्मी र अन्य सरोकारवालालाई सो विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नेपाल राष्ट्र बैंक विराटनगरका उप–निर्देशक अच्युतकुमार थापाले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्र बैंक विराटनगरका उप–निर्देशक थापाले जाली नोट पहिचान गर्ने विधिको विषयमा जानकारी दिनुभएको थियो । त्यसैगरी उहाँले नेपाली नोटको जतन गर्नुपर्ने, नोटमा जथाभावी कोर्न/लेख्ने गर्दा नोटसँगै राष्ट्रियताको पनि अपमान हुने र त्यस्तो कसैले गरेमा राम्रो सन्देश नजाने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक होमराज ओलीले जाली नोट भेटिएमा प्रहरीलाई जानकारी गराउने दायित्व सबैको भएको बताउनुभयो । केही दिन अगाडि मात्र सुनसरी सदरमुकाम इनरुवा–३ र हरिनगर गाउँपालिकाबाट जाली नोटसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । निर्वाचनका बेलामा यसको कारोबार हुनेसक्ने आशङ्काका अधारमा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । —

प्रकाशित : ११ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६