ब्रेकिंग न्युज

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य नगर्न काउन्सिलको आग्रह



काठमाडौँ, ११ फागुन

प्रेस काउन्सिल नेपालले स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै त्यो भूमिकालाई थप निष्ठापूर्वक निर्वाह गर्न आग्रह गर्नुभषे । विज्ञप्तिमा भनिएको छ, “निर्वाचन सफल बनाउन राज्यका विभिन्न निकायजस्तै सञ्चार जगत्को पनि विशेष भूमिका हुने हुँदा स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न र आममतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न पनि काउन्सिलको आग्रह छ ।” यस्तै, स्वच्छ एवं निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने कार्य र मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न, नगराउन काउन्सिलले आमसञ्चारमाध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैलाई अनुरोध गरेको छ । काउन्सिलले आमसञ्चारमाध्यमको नियमित अनुगमन गरिरहेको र विगतमा झैँ प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा पनि पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रताका नाममा प्रेषित सामग्रीले कसैलाई लाभहानी पुग्न सक्दछ । तटस्थ र निष्पक्ष भूमिकामा रहनुपर्ने पत्रकारिताजस्तो महत्त्वपूर्ण पेसामा आबद्ध सञ्चारमाध्यम तथा पत्रकारहरू यस महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भमा थप मर्यादित, जिम्मेवार र उत्तरदायी हुनैपर्दछ । यस कार्यको हामीले अनुगमन गरिरहेका छौँ ।”

प्रकाशित : ११ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६