ब्रेकिंग न्युज

‘एमालेको घोषणापत्र यथार्थ नजिक छ’



काठमाडौँ, १४ फागुन

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा शिवराज अधिकारीले ‘देश पहिला’ भन्ने मान्यताका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट आएको निर्वाचन घोषणापत्र सकारात्मक भएको बताउनुभएको छ ।   नेपाल बौद्धिक परिषद्ले आज यहाँ आयोजना गरेको बौद्धिक विमर्श कार्यक्रममा डा अधिकारीले एमालेको घोषणापत्र यथार्थपरक र कार्यान्वयन गर्न सकिने किसिमको भएको बताउनुभयो । उहाँले घोषणापत्रमा ७–९ प्रतिशत आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार अगामी पाँच वर्षमा रु १०० खर्बको लक्ष्य यथार्थ नजिक रहेको पनि बताउनुभयो । पूर्वराजदूत डा नेत्र तिम्सिनाले एमालेले घोषणापत्रमा प्राथामिकताका पाँच क्षेत्र, तत्काल गर्ने ११ काम र समृद्धिका २५ स्तम्भ उल्लेख गरिएको बताउँदै यस पटकको घोषणापत्र यथार्थपरक भएको बताउनुभयो । मानव अधिकारकर्मी विदुर सुवेदीले घोषणापत्रले सामाजिक न्याय र असमानताका सवाललाई पोलिसी तथा बजेटमा जोड्न सके घोषणापत्र कार्यान्वयन गर्न सकिने वताउनुभयो । खाद्य अधिकार विज्ञ डा यमूना घलेले एमालेको घोषणापत्रमा प्रजातन्त्र पुनःस्थापना भए यताका उपलब्धिलाई समीक्षासहित चर्चा गरिएको र यसले देश तथा लोकतन्त्रलाई प्राथमिकता दिएको बताउनुभयो । राजनीतिक विश्लेषक डा राजेन्द्र चापागाईंले एमालेको घोषणापत्र युवा केन्द्रित रहेको बताउनुभयो । –––

प्रकाशित : १४ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६