कपिलवस्तु २० माघ
प्रतिनिधि सभा सदस्य उम्मेदवार आशिष शर्माले बाणगंगा नगरपालिका वडा नं. ११ का स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गनू भएको छ ।
सोमबार आयोजित कार्यक्रम मार्फत स्थानीय विकास, जनचासो तथा आगामी दिनका प्राथमिक एजेन्डाबारे प्रत्यक्ष छलफल गर्ने र जनताका सुझाव संकलन गर्ने उद्देश्य रहेको शर्माले जानकारी दिएका छन्।
बिहान ९ बजे भडसडवाबाट सुरु गरिएको घरदैलो तथा संवाद कार्यक्रम मौवारी टोल, वनकटवा, भुषाल टोल, घरबुदिया र चेतिया हुँदै भड्डिहवा सम्म पुगेको बताइएको छ । त्यसपछि पदमपुरबाट वरवा हुँदै चितलपुर, उत्तर चेतिया, हथौसा, देउवापार, मैनहरी, मैरी र मर्थी हुँदै ओदारी पुगेर कार्यक्रम समापन गरिने जनाइएको छ।
स्थानीय नागरिकको घर–आँगनमै पुगेर उनीहरूको आवाज, समस्या र सुझावलाई साझा एजेन्डामा समेट्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको शर्माले बताए। उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै जनताको सरोकारलाई नीति र योजनामा समावेश गर्न प्रत्यक्ष संवाद आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागिता जनाई आफ्ना विचार, सुझाव र अपेक्षा राख्न वडा नं. ११ का सम्पूर्ण बुवा–आमा, दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकलाई उम्मेदवार शर्माले आग्रह गरेका छन्।








प्रतिक्रिया