कपिलवस्तु २४ माघ
कपिलवस्तु — राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुको बैठक निर्वाचन केन्द्रित महत्त्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ। संघका जिल्ला अध्यक्ष तिलक गिरीका अनुसार बैठकले जिल्लाभर युवा परिचालनका लागि ठोस तथा प्रभावकारी योजना निर्माण गरेको छ।

बैठकले आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन संगठनात्मक रूपमा सक्रियतापूर्वक लाग्ने निर्णय गरेको जनाएको छ। यसका लागि क्षेत्रगत जिम्मेवारीसमेत तोकिएको छ।
वैठकले जिल्लास्तरीय समग्र परिचालनको नेतृत्वका लागि जिल्ला संयोजकको जिम्मेवारी तिलक गिरीलाई दिइएको छ। निर्णयअनुसार निर्वाचन क्षेत्र नं. १ का लागि होम मरसैयाथापालाई संयोजक, क्षेत्र नं. २ का लागि राजकुमार चौधरीलाई संयोजक तथा क्षेत्र नं. ३ का लागि रेशम विष्टलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको युवा संघले जनाएको छ।








प्रतिक्रिया