कपिलवस्तु, २५ माघ
कपिलवस्तु प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेद्वारहरू मतदाताको मन जित्न विभिन्न शैलीमा सक्रिय देखिएका छन्।

यस क्रममा उम्मेद्वारहरूले सम्पर्क पार्टी कार्यालय उद्घाटन गर्ने, मतदाताको घर–दैलोमा पुगेर प्रत्यक्ष संवाद गर्ने तथा स्थानीय समस्याबारे जानकारी लिने गतिविधिलाई तीव्रता दिएका छन्।

यता,उम्मेद्वारहरूको सक्रियता प्रति मतदाता पनि सन्तुष्ट देखिएका छन्।

मतदाताले निर्वाचनको समयमा मात्र होइन, अन्य समयमा पनि जनताका सुख–दुःखमा साथ दिने, जनचासोलाई प्राथमिकता दिने उम्मेद्वारको छनोट गर्न चाहना व्यक्त गरेका छन्।

त्यसै अनुसार मतदाता उम्मेद्वारहरूको व्यवहार, सक्रियता र प्रतिबद्धतालाई नजिकबाट मूल्यांकन गरिरहेका छन्।








प्रतिक्रिया