ब्रेकिंग न्युज

सूर्य ध्वजावाहक कनौडियालाई जिताउन युवाको एकताबद्ध आह्वान



कपिलवस्तु, २६ माघ

आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल विजयनगरले सूर्य ध्वजावाहक उम्मेद्वारलाई विजयी गराउन युवाहरूलाई एकताबद्ध भएर लाग्न आह्वान गरेको छ। कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट एमालेले विरेन्द्र कुमार कनौडियालाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका रूपमा अघि सारेको छ।

पार्टीले उहाँलाई सक्षम, शालीन तथा विकासप्रेमी नेतृत्वको रूपमा प्रस्तुत गर्दै जनअनुमोदनका लागि मैदानमा उतारेको हो। निर्वाचन केन्द्रित भेलामा बोल्दै उम्मेद्वार कनौडियाले “सीपयुक्त युवा र आत्मनिर्भर समाज” भन्ने मूल ध्येयसहित क्षेत्रको भौतिक पूर्वाधार विकास तथा विस्तार, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धि, वातावरण संरक्षण, संस्थागत विकास र सुशासन प्रवद्र्धन, शैक्षिक सुधार, युवाको व्यावसायिक सीप विकास तथा रोजगारी सिर्जनामा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


यही सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल विजयनगरद्वारा आयोजना गरिएको निर्वाचन केन्द्रित भेलामा युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष तिलक गिरीले जिल्लाको दिगो विकास र समृद्धिका लागि एमाले उम्मेद्वारको जित अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

उहाँले फाल्गुण २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी उम्मेद्वारलाई विजयी गराउन युवाहरू सक्रिय र संगठित रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो।


भेलामा युवा नेता तेजेन्द्र बहादुर, दिनेश जैसवाल लगायतले युवाको भूमिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल विजयनगरका उपाध्यक्ष तोलेश्वर खटिकको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रकाशित : २७ माघ २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६