ब्रेकिंग न्युज

एकताबद्ध भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई दृघ नारायण पाण्डेको आह्वान



कपिलवस्तु २७ माघ

कपिलवस्तु जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत यशोधरा गाउँपालिका वडा नं. ५ मा नेकपा (एमाले) का कार्यकर्ताहरूबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पुर्व राष्ट्रिय सभा सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नं. २ कपिलवस्तुका एमाले उम्मेद्बार माननीय दृघ नारायण पाण्डे ज्यूले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई एकताबद्ध, अनुशासित र सक्रिय रूपमा लाग्न आग्रह गर्नुभयो । उहाँले जनताको विश्वास र समर्थन नै निर्वाचनको मूल शक्ति भएको उल्लेख गर्दै समृद्ध क्षेत्र निर्माणका लागि एमालेको स्पष्ट दृष्टिकोण र योजनाबारे धारणा राख्नुभयो ।

अन्तरक्रियामा सहभागी कार्यकर्ताहरूले उम्मेद्वार पाण्डे प्रति उच्च उत्साह, साथ र समर्थन व्यक्त गर्दै निर्वाचन अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएका थिए। कार्यकर्ताहरूको सक्रिय सहभागिता र सकारात्मक ऊर्जा अभियानका लागि प्रेरणादायी बनेको बताइएको छ।
कार्यक्रमको अन्त्यमा उम्मेद्वार पाण्डेले समृद्ध क्षेत्र र उज्ज्वल भविष्यका लागि सबैको साथ, सहयोग र अमूल्य मतको अपेक्षा गर्दै जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित : २८ माघ २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६