ब्रेकिंग न्युज

विश्राम प्रसाद थारु (चौधरी)को अपिल“सीपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माणको प्रतिबद्धता



कपिलवस्तु, २ फाल्गुण

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कपिलवस्तु क्षेत्र नं. १ मा आफ्ना उम्मेदवार विश्राम प्रसाद थारु (चौधरी)को नेतृत्वमा समृद्धि र सुशासनको स्पष्ट कार्यदिशा अघि सारेको छ।


क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फका उम्मेदवार विश्राम प्रसाद थारु (चौधरी)ले “सीपयुक्त युवा, आत्मनिर्भर समाज” भन्ने मूल उद्घोषसहित कपिलवस्तुको सर्वाङ्गीण विकासका लागि ठोस तथा कार्यान्वयनयोग्य योजना प्रस्तुत गरेका छन्। समाजसेवी, जुझारु र विकासप्रेमी व्यक्तित्वका रूपमा परिचित उनले क्षेत्रको दीगो विकास, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्।
उनका प्रमुख प्रतिबद्धतामा सडक, पुल, तटबन्ध, रिङ्गरोड, बसपार्क र शुद्ध खानेपानी जस्ता आधारभूत पूर्वाधारको स्तरोन्नति, कृषि आधुनिकीकरण तथा सिँचाइ विस्तार, युवा उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जना समावेश छन्। साथै शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समावेशी विकासलाई सुदृढ बनाउने योजना पनि अघि सारिएको छ।
पर्यटन प्रवद्र्धन अन्तर्गत बुद्ध सर्किटसँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य समेत उनले व्यक्त गरेका छन्। सुशासन, पारदर्शिता र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता दोहो¥याउँदै उनले वातावरण संरक्षण र सुरक्षित बसोबासलाई पनि प्राथमिकतामा राखेका छन्।


निर्वाचन प्रचारका क्रममा उनले कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ वासी मतदातालाई स्पष्ट दृष्टिकोण, दृढ संकल्प र उत्तरदायी नेतृत्व सहित विकासको नयाँ चरणमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
कपिलवस्तु क्षेत्र नं. १ को उज्ज्वल भविष्य, सक्षम नेतृत्व र दिगो विकासका लागि सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले मतदाता समक्ष हार्दिक अपिल गरेका छन्।

प्रकाशित : २ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६