कपिलवस्तु ३ फल्गुण
प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) क्षेत्र नं. १ अन्तर्गत बाणगंगामा रहेका अगुवा कार्यकर्ताहरूको विस्तारित समीक्षा बैठक सम्पन्न भएको छ। बैठक ४ नं. स्थित निर्वाचन परिचालन कमिटीको कार्यालयमा आयोजना गरिएको हो।
निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा हालसम्म भएका गतिविधिको समीक्षा गर्दै निर्वाचन केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी र तीव्र बनाउने निष्कर्ष निकालिएको संयोजक शर्माले जानकारी दिनुभयो। बैठकमा सह–संयोजक शंकर पाण्डेको स्वागत मन्तव्य तथा उपसचिव भेषराज पाण्डेको सञ्चालन रहेको थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थलगायत प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
बैठकले आगामी दिनमा जनताको घरदैलो कार्यक्रमलाई थप सशक्त र व्यवस्थित ढंगले अघि बढाउने निर्णय समेत गरेको जनाएको छ।








प्रतिक्रिया