बाणगंगा, ४ फाल्गुण
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० अन्तर्गत कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं। १ का उम्मेद्वार विश्राम प्रसाद चौधरीको पक्षमा बाणगंगा नगरपालिका वडा नं। ८ बोडगाउँमा निर्वाचन प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। कार्यालय उद्घाटन गर्दै उम्मेद्वार चौधरीले कपिलवस्तुको भूगोल, माटो र गाउँले परिवेशलाई आफूले नजिकबाट बुझेको बताउनुभयो। “यो माटो सुहाउँदो उम्मेद्वार म नै हुँ,” भन्दै उहाँले आफू सामान्य परिवारबाट उठेको व्यक्तित्व भएकाले जनताका वास्तविक सुख–दुःखबारे स्पष्ट जानकार रहेको धारणा राख्नुभयो।
उहाँले विगतमा पनि विकासका सवालमा स्पष्ट योजना र प्रतिबद्धता सहित काम अगाडि बढाएको जिकिर गर्दै अब पनि जनअपेक्षा अनुसार परिणाम मुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “म कुरा होइन, काममा विश्वास गर्ने पात्र हुँ,” भन्दै चौधरीले जनताको समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताउनुभयो।
चौधरीले आफू सधैं जनताकै बीचमा रहेको उल्लेख गर्दै जनसेवामै आफ्नो जीवन समर्पित रहने तर्क गर्नुभयो। कार्यक्रममा केन्द्रिय नेता, स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।









प्रतिक्रिया