कपिलवस्तु ५ फल्गुण
सैना मैना नगरपालिका, रुपन्देही र मलेसियाको Cheong Kwee Seng Pte Ltd बीच फोहर (रद्दी) व्यवस्थापन तथा प्रशोधनसम्बन्धी परियोजना सञ्चालनका लागि समझदारी पत्र MOU हुने चरणमा रहेको बताइएको छ।
यस परियोजना अन्तर्गत संकलित फोहरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गरी प्रशोधन गर्ने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने, विधुत उत्पादन गर्ने तथा दीर्घकालीन रूपमा दिगो समाधान लागू गर्ने लक्ष्य राखिएको बताइएको छ।
उक्त परियोजना छिट्टै कार्यान्वयन चरणमा जाने तयारीमा रहेको लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पंथीले बताउनु भयो । यो परियोजना विशेषगरी लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यहरुको सुझाव तथा पहलमा अगाडि बढाइएको प्रदेश सभा सदस्य पंथीले बताउनु भयो ।
परियोजना सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।
परियोजना कपिलवस्तु र रुपन्देही जिल्लामा रोजगारी सिर्जना गर्ने उद्देश्य सहित विभिन्न उद्योग सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग औपचारिक पत्राचार गरिएको छ। स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै दिगो विकासलाई टेवा पु¥याउने लक्ष्य सहित यो पहल अघि बढाइएको हो।
विशेषगरी दुवै जिल्लामा संकलन हुने फोहर व्यवस्थापनलाई व्यवस्थित गर्दै त्यसबाट बायोडिजेल तथा विद्युत उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना रहेको छ। यसबाट वातावरण संरक्षण, सरसफाइ व्यवस्थापन र ऊर्जा उत्पादनलाई एकैसाथ प्रवद्र्धन गरिने अपेक्षा गरिएको छ।
फोहरलाई स्रोतमा रूपान्तरण गर्ने अवधारणा अनुसार सञ्चालन गरिने यी उद्योगले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै आयातित इन्धनमा निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ। साथै, स्वच्छ ऊर्जा उत्पादन मार्फत दिगो र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्नेछ।
यस पहलले कपिलवस्तु जिल्लाका बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, शुद्धोधन गाउँपालिका मायादेवी गाउँपालिका र रुपन्देहीको सैनामैना लगायतका पश्चिम क्षेत्रका पालिकालाईलाई औद्योगिक तथा वातावरणमैत्री विकासको नयाँ मार्गतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया