खोज–अनुसन्धान

बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए



बैतडी, ६ फागुनः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा एक हजार ८६ थान हातहतियार रहेकामा हालसम्म ४०७ थान मात्र प्राप्त भएका छन् । उहाँले बाँकी हतियार बुझाउन सम्बद्ध व्यक्तिसँग आग्रह गर्दै निर्धारित समयभित्र त्यसो नगरे कारबाही हुने चेतावनी दिनुभएको छ ।
प्रशासनलाई बुझाइएका सबै हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले अनुमतिप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो । बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए राष्ट्रिय समाचार समिति (रासस)
बैतडी, ६ फागुनः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् ।

प्रकाशित : ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६