देश

चन्द्रागिरि सहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी



काठमाडौँ, ६ फागुन

सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत बच्चादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका, मोरङको इटहरी उपमहानगरपालिका, महोत्तरीको बर्दिवास नगरपालिका,स्याङ्जाको बालिङ नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य सेवा विभागका नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरादेवी निरौला जानकारी दिनुभयो । ती नगरपालिकाको प्रत्येक वडामा एक जना नर्सले खटिई स्थानीयवासीको स्वास्थ्यसम्बन्धी पूर्ण तथ्याङ्क सङ्लन, स्वास्थ्य अवस्थालगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने उहाँले बताउनुभयो । “घरदैलो कार्यक्रममा नर्सहरु प्रत्येक घरमा गई गर्भवतीदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचसम्मको डिजिटल प्रोफाइल तयार गरिन्छ”, उहाँले भन्नुभयो, “ती व्यक्तिको स्वास्थ्य जोखिमको आधारमा समय समयमा उपचारात्मक सेवा प्रदान गर्ने गर्दछन् ।” चन्द्रागिरि नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले विगत तीनवर्षदेखि नगरपालिकाका १५ वटै वडामा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै यसबाट मार्फत बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लाभान्वित भएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रम अन्तर्गत सुरक्षित मातृत्व र नसर्ने रोगको सेवा वढी प्रभावकारी छन् । उहाँले भन्नुभयो “घरदैलोमा पुगेको समयमा नर्सहरुले रक्तचापको जाँच, मघुमेह, उच्चरक्तचाप, शरीरको तौललगायतको परीक्षण गर्दछन् ।” घरमा नै स्वास्थ्य जीवनशैली प्रवद्र्धन गरी सर्ने र नसर्ने रोग कम गराउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोको भनाइ रहेको छ । नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक निरौलाले नर्सिङ घरदैलो कार्यक्रममा खटिने नर्सले गर्भवती, सुत्केरी, सुत्केशीपश्चात्, नवशिशु स्वास्थ्य, बालस्वास्थ्य, किशोरकिशारी स्वास्थ्य, वयस्कदेखि ज्येष्ठ नागरिकलाई घरमा गई नियमित स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसमेत प्रदान गर्ने बताउनुभयो । यस्तै मानिसलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, मानसिक स्वास्थ्य, स्तन क्यान्सरसमेतको जनचेतना फैलाउने छन् । यस्तै घरघरमा पुगी नर्सहरुले मानिसको व्यवहार गर्ने, स्वस्थ जीवनशैली र सन्तुलित खाना खान प्रोत्साहन र धुम्रपान तथा मध्यपान निरुत्साहित समेत गर्ने छन् । कार्यक्रमले गर्दा बर्दिवास नगरपालिकामा संस्थागत रुपमा सुत्केरी गराउने बढेको महाशाखाका निर्देशक निरौलाले जानकारी दिनुभयो । उहाँले अन्य स्थानीय तहमा पनि चाँडै कार्यक्रम लागू गर्ने बताउनुभयो ।

प्रकाशित : ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६