ब्रेकिंग न्युज

नवोदितमा ‘विज्ञान प्रदर्शनी’ सुरु



काठमाडौँ, ६ फागुन

आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले नवोदित कलेजमा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । नवोदित कलेज सामाखुशीको आयोजनामा आज भएका प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ कक्ष राखिएका छन् । प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवर्द्धनमा कलेजले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक दक्षता अभिवृद्धि र भविष्य निर्माणमा निरन्तर नगरपालिकाको निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान)का उपाध्यक्ष एवम् कलेजका प्राचार्य राजेन्द्र अधिकारीले आजको शिक्षामा नवप्रवर्तन र स्वतन्त्र सोच आवश्यक रहेको बताउनुभयो । उहाँले सिकाइले विद्यार्थी आत्मनिर्भर बन्न, स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्म प्रतिस्पर्धी बन्न, व्यावहारिक सिकाइलगायत सकारात्मक नतिजाका लागि प्रदर्शनी अत्यन्त प्रभावकारी माध्यम रहेको उल्लेख गर्नुभयो । कलेजका सहप्राचार्य जिवी अधिकारीले प्रदर्शनीले विद्यार्थीलाई सिक्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धी बन्ने अवसर प्रदान गरेको धारणा राख्नुभयो । उक्त प्रदर्शनीमा ‘फुड कोर्ट’, ‘हेल्थ डेक्स’ र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँभित्रका एक दर्जनभन्दा बढी विद्यालयका विद्यार्थीले प्रदर्शन अवलोकन गरेका छन् ।

प्रकाशित : ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६