ब्रेकिंग न्युज

आज राससको ६५ औँ वार्षिकोत्वस



काठमाडौँ, ७ फागुन

मुलुकको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आज ६५ औँ वार्षिकोत्वस मनाउँदैछ । विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार समिति नेपाल संवाद समिति र सगरमाथा संवाद समिति एकापसमा गाभिएर रासस स्थापना भएको हो । राससले नेपाली, अङ्ग्रेजी, अन्तरराष्ट्रिय, फोटो, श्रव्यदृष्य, मातृभाषा समाचार सेवालाई अविच्छिन्न रुपमा उत्पादन र सम्प्रेषण गर्दै आएको छ । हाल चौबिसै घण्टा नेपाली समाचार सेवा सञ्चालित छ । वार्षिकोत्सवसमा अवसरमा आज उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा विशेष समारोहको आयोजना हुँँदैछ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिले राससको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित : ७ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६