ब्रेकिंग न्युज

राससलाई युगानुकूल, प्रतिस्पर्धी र गुणस्तरीय बनाउँदै लगिनेछ:कार्यकारी अध्यक्ष झा



काठमाडौँ, ७ फागुन

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समयको मागअनुरुपको गुणस्तरीय सेवा थप्दै राससलाई समयानुकूल बनाउन र सूचना प्रविधिसँगै तीव्ररुपमा थपिएका नयाँनयाँ माध्यम र आम सञ्चारमाध्यमको बीचमा आफूलाई गर्विलो सेवाप्रदायक समाचार समितिका रुपमा स्थापित गराउनु आजको आवश्यकता रहेको बताउनुभएको छ । राससको ६५औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै कार्यकारी अध्यक्ष झाले समयको गतिअनुसार सेवाको विविधीकरण र विस्तारमा जोड दिँदै आएको राससले प्रविधिको प्रयोगसँगै सेवालाई २४ सै घण्टा विस्तार गरेर नेपाली पत्रकारितामा समय सीमा (डेडलाइन)को परम्परागत मान्यतामा परिवर्तन गर्ने प्रयत्न गरेको उल्लेख गर्नुभएको छ । राससको समाचार सेवाको यात्रा केबल यात्रा मात्र नभएर सत्यतथ्य, आधिकारिक एवं विश्वसनीय सूचना सम्प्रेषण गरेर मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र समग्र रुपान्तरणको माध्यम हुनु पनि हो भन्नुहुँदै उहाँँले राससलाई युगानुकूल, प्रतिस्पर्धी एवं गुणस्तरीय बनाउँदै अघि बढनुपर्ने आजको खाँचो र हाम्रो साझा धर्म र दायित्व भएको बताउनुभएको छ ।

प्रकाशित : ७ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६