ब्रेकिंग न्युज

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था होः अध्यक्ष दाहाल



काठमाडौँ, ७ फागुन

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नुमै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ । उहाँले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “राष्ट्रियसभाले नीतिनिर्माण, विधायन व्यवस्थापन, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास, नागरिक अधिकारहरूको संरक्षण तथा राष्ट्रिय हितका विषयहरूमा निरन्तर क्रियाशील रहँदै आएको छ ।” विसं २००७ को राजनीतिक परिवर्तनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले देशको अग्रगामी परिवर्तन र लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक जनसङ्घर्ष र जनआन्दोलनमा योगदान गर्ने सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “जहानियाँ राणाशासनको अन्त गरी देशमा प्रजातान्त्रिक शासन व्यवस्था सुरुआत गरिएको फागुन ७ नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक दिन हो । प्रजातन्त्र दिवस मनाइरहँदा नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् संविधान सभाबाट निर्मित नेपालको संविधानको पालना, संरक्षण र कार्यान्वयनतर्फ सबैले ध्यान दिन जरुरी छ ।” अध्यक्ष दालहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता, अभिव्यक्ति स्वतन्त्रता एवम् देशको समृद्धि र विकासका लागि सबैलाई एकताबद्ध भई अघि बढ्न प्रजातन्त्र दिवसले प्रेरणा मिलोस् भनि कामना गर्नुभएको छ ।

प्रकाशित : ७ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६