ब्रेकिंग न्युज

जनताका अधिकार संरक्षण गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड



काठमाडौँ, ७ फागुन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रको गरिमा संरक्षण तथा क्षतविक्षत भएका राष्ट्रका धरोहर जोगाउन आवश्यक भएको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन, प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान ।”

प्रकाशित : ७ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६