ब्रेकिंग न्युज

बाणगंगामा घरदैलो अभियानकृषकको समृद्धिसंगै देशको प्रगति विश्राम प्रसाद थारु



कपिलवस्तु, १७ फाल्गुण

प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेद्वार विश्राम प्रसाद थारु (चौधरी) ले बाणगंगा नगरपालिकाका हथौसा, वरवा, देउवापार, मैनारा, पदमपुर, भडडीहवा, लगायतका विभिन्न गाउँ बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।


घरदैलोका क्रममा उहाँले जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै दीर्घकालीन समाधानका लागि आफूले स्पष्ट योजना सहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उम्मेदवार चौधरीले कृषकको समृद्धिसंगै देशको प्रगति संभव हुने धारणा राख्नु भयो । चौधरीले “रोजगाई श्रृजनाका निम्ति आधारभुत आवश्यकताहरु पुरा गर्ने बताउदै कृषकका्े मुख्य समस्याको रुपमा रहेको सिचाई समस्या समाधानमा विशेष जोड दिने प्रतिवद्धा ब्यक्त गर्नु भयो । उम्मेद्वार चौधरीले सडक स्तर उन्नती, स्वास्थ्य र शिक्षामा सुधार आफ्नो प्राथमिकता हो,” उहाँले बताउनुभयो।


उम्मेद्वार थारुले उम्मेद्वार चौधरीले “सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने मूल उद्घोषसहित युवालाई स्वदेशमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा लघुउद्यम प्रवद्र्धन र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता दोहो¥याउनुभयो। उहाँले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवास, स्वच्छ खानेपानी र आधारभूत सेवाको विस्तारमा विशेष पहल गर्ने उल्लेख गर्नुभयो।
घरदैलो कार्यक्रममा एमाले नेता लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथी, एमाले नेता डम्मर शर्मा, जंजिर प्रसाद चौधरी लगायतका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा खिचिएका तस्वीरहरूमा उम्मेदवार थारु घरघरमा पुगेर ज्येष्ठ नागरिक, महिला तथा युवाहरूसँग अन्तरक्रिया गर्दै । उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी विजयी गराउन मतदाता समक्ष अपिल गर्नुभएको छ।

प्रकाशित : १७ फाल्गुन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६