ब्रेकिंग न्युज

निर्वाचन आचारसंहिताको पालना गर्न आयोगको आग्रह



काठमाडौँ, १७ फागुन

राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । निर्वाचन सफल पार्न सबैको भूमिका महत्वपूर्ण हुने भएकाले सबै पक्षले धैर्यता र संयमता अपनाउन, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौज गर्ने प्रकारका सामग्री उत्पादन र प्रकाशन÷प्रसारण नगर्न, शान्ति सुरक्षालाई थप मजबुत बनाउन, संभावित अवाञ्छित गतिविधि हुन नदिन तथा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा निर्वाचनलाई मानवअधिकारमैत्री बनाई नागरिकको मानवअधिकारको सम्मान गर्न नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको उल्लेख छ । “आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ, देशका विभिन्न भागमा ¥याली तथा सभामा बालबालिका सहभागी हुनु, पत्रकारमाथि धम्की तथा कुटपीट हुनु आचारसंहिता विपरीत हो”, विज्ञप्तिमा भनिएको छ, “भौतिकरूपमा चुनाव चिह्नको प्रयोग हुुनु, बिना अनुमति व्यक्तिका घरमा प्रचार सामग्री र झण्डा टाँगिनु, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारी निर्वाचनको प्रचारप्रसारमा सहभागी हुने गरेको पाइएको छ ।” अनुगमनका क्रममा उम्मेदवारले अनुमति बिना बढी सवारीसाधन प्रयोग गर्नु, मतदातालाई अनुचित प्रभाव पार्ने प्रयास गरिनु, दलका कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालको दुरुपयोग गरी एकापसमा गालीगलौज गर्ने गरेको पाइएको आयोगले जनाएको छ । साथै, सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा पुग्न नसक्नुजस्ता तथ्य पाइएको भएपनि दलका नेता र उम्मेदवारबीचको आपसी सौहार्दता, सुरक्षा निकायको सुरक्षा सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनबाट भएको निर्वाचनको तयारीजस्ता विषयलाई आयोगले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले अनुगमन टोली बनाई ४२ जिल्लामा निर्वाचनपूर्वको अनुगमन गरेको छ । आयोगको केन्द्रीय तथा प्रदेश कार्यालयबाट खटिएको अनुगमन टोलीले निर्वाचन अधिकृतको कार्यालयबाट भएको निर्वाचन तयारी, आचारसंहिताको पालनाको स्थिति, शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल गरेको थियो । अनुगमनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा मतदातासँग आयोगले जानकारी लिएको र आयोगले विगतका निर्वाचनदेखि नै निर्वाचन अनुगमन गरी प्राप्त तथ्यका आधारमा सम्बन्धित निकायलाई आवश्यक सिफारिस गरी निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आग्रह गर्दै आएको छ । आयोगले निर्वाचनको दिन पनि विभिन्न अनुगमन टोली बनार्ई देशैभर अनुगमन गर्नेछ ।

प्रकाशित : १७ फाल्गुन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६