कपिलवस्तु २१ फाल्गुण
प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वार विश्राम प्रसाद थारु चौधरीले निर्वाचनलाई आफुले लोकतन्त्रको उत्सवको रुपमा लिएको बताउनु भएको छ । उम्मेद्वार चौधरीले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू प्रति धन्यवाद ब्यक्त गर्नु भएको छ। चौधरीले आज सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत हाम्रो क्षेत्रका सबै ७९ वटा मतदान केन्द्रहरूमा शान्त, सभ्य र अनुशासित वातावरणमा मतदान सम्पन्न भएकोमा आफु अत्यन्तै कृतज्ञ रहेको बताउनु भयो ।

उम्मेद्वार चौधरीले लोकतन्त्रको यस महान उत्सवलाई सफल बनाउन आफ्नो अमूल्य समय निकालेर मतदान केन्द्रसम्म पुगेर मतदान गर्नु भएका सम्पूर्ण मतदाता महानुभावहरू प्रति म हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
निर्वाचन प्रक्रियालाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन दिनरात खटिनु भएका निर्वाचन आयोगसँग सम्बद्ध कर्मचारीहरू, सुरक्षा निकायका सम्पूर्ण सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्वयंसेवकहरू, तथा यस लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नु भएका सम्पूर्ण सरोकारवाला महानुभावहरू प्रति पनि म हार्दिक आभार प्रकट गर्दछु।
यस निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र उदाहरणीय बनाउन भूमिका खेल्नु भएका मेरा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुकहरू, तथा लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिनु भएका सम्पूर्ण नागरिकहरू प्रति पनि म विशेष धन्यवाद व्यक्त गर्दछु।
आजको मतदानले कपिलवस्तु क्षेत्र नं. १ का जनता कति सचेत, जिम्मेवार र लोकतन्त्रप्रति समर्पित छन् भन्ने सन्देश सम्पूर्ण देशलाई दिएको छ। तपाईंहरूले देखाउनु भएको यो अनुशासन, धैर्यता र लोकतान्त्रिक संस्कार प्रति म अत्यन्तै गर्व महसुस गरिरहेको छु।
अब मत परिणाम समय क्रममा सार्वजनिक हुँदै जानेछ। परिणाम जे आए पनि यो निर्वाचन हाम्रो साझा लोकतान्त्रिक अभ्यास हो। त्यसैले आगामी मतगणना प्रक्रिया पनि शान्त, संयमित र अनुशासित वातावरणमा सम्पन्न गर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।
म तपाईं सबैको माया, विश्वास र साथप्रति सधैं ऋणी रहनेछु। कपिलवस्तु क्षेत्र नं. १ को विकास, समृद्धि र जनताको हितका लागि म सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
लोकतन्त्रको यो सुन्दर उत्सवलाई सफल बनाएकोमा पुनः सम्पूर्ण मतदाता, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल तथा सरोकारवाला महानुभावहरूलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । यो विचार उम्मेद्वार चौधरीले आफ्नो निर्वाचन केन्द्रित फेसवुक पेजबाट लिएको हो ।








प्रतिक्रिया