कपिलवस्तु, २१ फाल्गुण
प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कृष्ण कुँवरले निर्वाचन प्रक्रियामा सहभागी भई आफ्नो अमूल्य मत प्रयोग गर्ने सम्पूर्ण मतदाताहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।
उम्मेदवार कुँवरले चुनाव लोकतन्त्रको एक महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्दै अन्ततः जनताको मतबाट एक जना उम्मेदवार मात्र विजयी हुने बताए। उनले भने, “चुनाव प्राविधिक प्रक्रिया हो—जनताको मतले अन्ततः एक जना मात्र विजयी हुन्छ। तर मेरो लागि सबैभन्दा ठूलो जित भनेको जनताको माया, विश्वास र साथ हो।”

उनले निर्वाचनका क्रममा प्राप्त भएको जनसमर्थन, माया र विश्वासप्रति आफू सधैं आभारी रहने बताउँदै परिणाम जस्तोसुकै आए पनि समाज र जनताको सेवाबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे। “मैले पहिले नै भनेको छु—म जितूँ वा हारूँ, समाजको सेवा गर्ने बाटोबाट म कहिल्यै पछि हट्ने छैन। यो मेरो प्रतिबद्धता हो,” उनले भने।
कुँवरले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी भई मतदान गरेर देश र समाजलाई सही दिशातर्फ लैजान योगदान दिने सम्पूर्ण मतदाताहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। साथै उनले निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबै सरोकारवालाप्रति पनि आभार प्रकट गरेका छन्।








प्रतिक्रिया