काठमाडौँ, २३ फागुन
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म २७ क्षेत्रमा जित निकालेको छ । बिहान १०ः१५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ९० निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ । आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिष झा, महोत्तरी १ मा प्रमोदकुमार महतो, बारा ३ मा अरविन्द साह, पर्सा १ मा बुद्धिप्रसाद पन्त, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ २ मा सुनिल केसी, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ६ मा शिशिर खनाल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट र भक्तपुर १ मा रुकेश रञ्जित निर्वाचित भइसक्नुभएको छ । यस्तै चितवन क्षेत्र नं २ मा रवि लामिछाने, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा वीना गुरुङ, स्याङ्जा १ मा धनन्जय रेग्मी, पर्वत १ मा सागर भुसाल, रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा डा लेखजङ्ग थापा, रुपन्देही ४ बाट कन्हैया बनिया, बाँके निर्वाचन क्षेत्र नं १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कैलाली १ मा कोमल ज्ञवाली विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म ३४ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ । नेपाली कांग्रेसले चार क्षेत्रमा जित निकालेको छ । तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली र दैलेख क्षेत्र नं १ मा बासना थापा विजयी हुनुभएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार १० स्थानमा अगाडि रहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भइसक्नुभएको छ । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी हुनुभएको छ । एमालेका उम्मेदवार १० निर्वाचन क्षेत्रमा अगाडि हुनुहुन्छ । म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भइसक्नुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको थियो । श्रम संस्कृति पार्टीका उम्मेदवार पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा अगाडि हुनुहुन्छ ।








प्रतिक्रिया