ब्रेकिंग न्युज

चौधरीले दिए धन्यवाद संगै बधाई



कपिलवस्तु २४ फाल्गुण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेद्वार विश्राम प्रसाद थारु चौधरीले सम्पूर्ण मतदाता प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भएको छ ।
चौधरीले २०८२ फाल्गुण २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ मा भएको निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्नु हुने मतदाता एवम् निर्वाचनमा सहभागी सम्पूर्ण आदरणीय आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू प्रति धन्यवाद ब्यक्त गर्नु भएको हो ।


उम्मेद्वार चौधरीले निर्वाचन तथा लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सहयोग गर्नुहुने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पर्यवेक्षकहरू, सञ्चारकर्मी मित्रहरू, नागरिक समाजका प्रतिनिधिहरू तथा सम्पूर्ण सरोकारवाला निकायहरू प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु भनिएको छ ।
निर्वाचन अभियानको क्रममा निरन्तर सक्रियता पूर्वक अहोरात्र खटिनुहुने पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सहयोगीहरू प्रति विशेष धन्यवाद ब्यक्त गर्दछु ।
यस निर्वाचन प्रक्रियालाई सम्पन्न गराउन अहोरात्र खटिनुहुने निर्वाचन आयोगका कर्मचारीहरू, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरू, मतदान अधिकृत र संलग्न कर्मचारी प्रति विशेष धन्यवाद व्यक्त गर्दछु । ।
निर्वाचनमा विजयी उम्मेद्वारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । निर्वाचनका क्रममा स्वस्थ प्रतिस्पर्दामा रहनुहुने राजनैतिक दल तथा स्वतन्त्र उम्मेद्वार बीच भएको हार्दिकतापूर्ण प्रतिस्र्दाको उच्च सम्मान गर्दै यस क्षेत्र नं. १ को विकास, समृद्धि र लोकतन्त्रको संस्थागत विकास लागि सहकार्यको अपेक्षा गर्दछु ।

प्रकाशित : २४ फाल्गुन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६