ब्रेकिंग न्युज

प्रतिनिधिसभा सदस्य निर्वाचन ः समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी



काठमाडौँ, २५ फागुनः यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ ।
निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४, रसुवा, सिन्धुली १ र २, दोलखा, कञ्चनपुर १, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २, ३, ४ र ६, सुनसरी ३, तेह्रथुम, उदयपुर २, गुल्मी १, रोल्पा, रुकुम पश्चिम, बाँके १, २ र ३, अर्घाखाँची, कपिलवस्तु २, दाङ २ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्याग्दी, स्याङ्जा १, मनाङ, बागलुङ, काठमाडौँ १ देखि १०, भक्तपुर १ र २, ललितपुर १ र ३ क्षेत्रको समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको पनि उहाँले जानकारी दिनुभयो । यही फागुन २७ गते बिहानसम्म समानुपातिक तर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको आयोगले जनाएको छ । समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् ।
निर्धारित सङ्ख्यामा समानुपातिक क्लष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी क्लष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने छ । आगामी चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

प्रकाशित : २५ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६