ब्रेकिंग न्युज

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने



काठमाडौँ, २५ फागुन

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने निर्णय गरेको छ । आयोगले आज यस्तो निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको थियो । गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो । उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : २५ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६