ब्रेकिंग न्युज

‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’



काठमाडौँ, २६ फागुन

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष घिसिङले आज वक्तव्य जारी गर्दै निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद दिँदै नयाँ सरकारबाट हुने राम्रा कामको समर्थन तथा गलत काम भएमा सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जाने बताउनुभयो । उहाँले चुनावमा हार प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै चुनावको परिणामले निराश नभइ उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्तरूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष घिसिङले विषम परिस्थितिकाबीच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिनुहुने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ । लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ, तर चुनावमा हार प्राविधिक विषय मात्र हो, छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ ।” –––

प्रकाशित : २६ फाल्गुन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६