ब्रेकिंग न्युज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’



कञ्चनपुर, २७ फागुन ः शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा रु एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ । जङ्गली जनावर अतिप्रभावित तीन वडामा ‘मेसवायर’ तारजाली लगाउन सुरु गरिएको हो । नगरपाालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं १ मा दुई हजार ९०० मिटर, वडा नं ९ मा दुई हजार ५०० मिटर र वडा नं १२ मा ४०० मिटर गरी पाँच हजार ८०० मिटर मेसवायर लगाउन सुरु गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्र नजिकका सामुदायिक वन क्षेत्राट स्थानीय किसानका खेतमा पस्ने जङ्गली हात्ती, चित्तल, बँदेल, नीलगाईलगायत जनावरलाई रोक्न मेसवायर लगाइएको हो । गत आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश सरकारको अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख खर्चेर नगरपालिकाको वडा नं ८ र १२ मा ५.८८ किलोमिटर मेसवायर लगाइएको थियो ।
मेसवायर लगाइएसँगै वन्यजन्तु प्रभावित क्षेत्रमा राति प्रकाशको व्यवस्था गर्न नगरपालिकाले रु ३५ लाखको लागतमा ३० स्थानमा सौर्यबत्ती जडान थालेको छ ।

प्रकाशित : २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६