ब्रेकिंग न्युज

कामदार मागपत्र प्रमाणीकरण कार्य स्थगित



काठमाडौँ, २७ फागुन

इजरायल–अमेरिका र इरान युद्धका कारण नागरिक सुरक्षालाई केन्द्रमा राख्दै सरकारले मध्यपूर्वी देशहरूमा मागपत्र प्रमाणीकरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ । युद्धबाट प्रभावित हुने निश्चित देशहरूका लागि सरकारले कामदार पठाउन रोक लगाएको हो । परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतबहादुर राईले इजरायल, अमेरिका र इरान तीन देशबाट नेपालका लागि आउने कामदारहरूको मागपत्र प्रमाणीकरण रोकेको जानकारी दिनुभयो । साथै, युद्धग्रस्त देशमा नेपाली नागरिकको सुरक्षामा ध्यान दिँदै वैदेशिक रोजगार विभागलेसमेत श्रम स्वीकृति रोक लगाएको थियो भने अध्ययनका लागि जान एनओसी जारी गर्न पनि प्रतिबन्ध लगाएको छ । सचिव राईको संयोजकत्वमा रहेको उच्चस्तरीय इमर्जेन्सी रेस्पोन्स टिम(इआरटी)ले फागुन २० गते बसेको बैठकले मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य अर्को सूचना अनाएसम्म स्थगन गरेका हुन् । —

प्रकाशित : २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६