अर्थ-वाणिज्य

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ :मन्त्री परियार



भजनी (कैलाली), २७ फागुन

कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको प्रयोगमार्फत् कृषि उत्पादनमा लागतखर्च घटाएर उत्पादन र आम्दानी बढाउन सकिने बताउनुभएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा आज जानकी गाउँपालिका— ४ मुनुवामा आधुनिक मेसिनद्वारा चैते धान रोपाइँ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री परियारले प्रविधिको प्रयोगले कृषि उत्पादनमा लागत खर्च पनि कम हुने र बजारीकरणमा पनि सहज हुने बताउनुभयो । “अहिले पनि कृषि परम्परागत रूपमै चलिरहँदा यसबाट लागत खर्च बढेको छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग बढाउन सकेमा लागत खर्च कम भई उत्पादन वृद्धि गर्न सकिन्छ ।” परियोजनाले धान रोप्ने मेसिन बिज वृद्धि किसान सहकारी संस्थालाई उपलब्ध गराएको छ । पछिल्ला वर्षमा कैलालीको जोशीपुर, भजनी, जानकी लगायतका क्षेत्रमा चैते धानखेती गरिने क्षेत्रफल विस्तार हुँदै गएको छ । बर्खेयाममा हुने डुवानको समस्याले डुवानको समस्या नदेखिने चैत, वैशाख र जेठ महिनामा चेतै धानखेती गर्न थालिएको स्थानीय किसानको भनाइ छ ।

प्रकाशित : २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६