दमौली (तनहुँ), २९ फागुनः व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ ।
व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताउनुभयो । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।
२९ फाल्गुन २०८२, शुक्रबार








प्रतिक्रिया