ब्रेकिंग न्युज

नेपाल भाषाका संरक्षणकर्ता प्रजापतिलाई सुदर्शन–कोपिला पुरस्कार



मोरङ, २९ फागुन

नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्त्वपूर्ण योगदान दिने भक्तपुर मध्यपुर थिमी निवासी गणेशराम लाछी प्रजापतिलाई रु दुई लाख राशिको सुदर्शन–कोपिला सिरपा–११४६ बाट आज यहाँ सम्मान गरिएको छ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरले आज यहाँ आयोजित समारोहमा लाछि प्रजापतिलाई नगद एवं सम्मान पत्रद्वारा सम्मान गर्नुभयो । सम्मानित हुने लाछी प्रजापतिले विगत पाँच दशकदेखि निरन्तर मुलुक तथा मुलुक बाहिर नेपाल भाषाको साहित्य, नाटक र नेवाः परिकारको पहिचान कायम गर्न क्रियाशील हुँदै आउनुभएको छ । मन्त्री पराजुलीले लाछि प्रजापतिले नेपाल भाषा, संस्कृतिको संरक्षणमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको यस कार्यको आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार यस क्षेत्रमा बोलिने भाषा, संस्कृति, परिकारको संरक्षण एवं सम्वर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्मानित व्यक्तित्व लाछि प्रजापतिले आजका युवा पुस्ताले नेपाल भाषाको संरक्षणका लागि आफ्नो घर परिवारमा यो भाषाको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । अखिल भारत नेवाः सङ्घका केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानले नेवार समुदायको घट्दो जनसङ्ख्याप्रति चिन्ता व्यक्त गर्दै जन्म दर वृद्धि गर्न आग्रह गर्नुभयो । पुचःका अध्यक्ष सरद श्रेष्ठ, पुरस्कारका संस्थापक सुदर्शनबहादुर श्रेष्ठ, संस्थापक सदस्यद्वय राजन श्रेष्ठ दिनेश श्रेष्ठले पुचः यस क्षेत्रमा नेपाल भाषा, नेवार संस्कृतिको संरक्षणमा विगत ४५ वर्षदेखि क्रियाशील रहेको जानकारी दिनुभयो । पुरस्कार नेपाल भाषा, संस्कृति, साहित्य, परिकारमा योगदान पुर्‍याउने संस्था वा व्यक्तिलाई प्रदेक दुई/दुई वर्षमा प्रदान गर्ने गरी विराटनगर–१० निवासी सुदर्शनबहादुर श्रेष्ठले विसं २०७६ मा रु २० लाखको अक्षय कोषबाट स्थापना गर्नुभएको हो । आज अक्षय कोषमा थप रु पाँच लाख प्रदान गर्ने घोषणा गर्नुभयो । यसअघि उक्त सम्मानबाट शताब्दी पुरुष सत्यमोहन जोशी, भारतको सिक्किमको नेवा गुुठी, पोखरास्थित नेवा खल: कास्कीलाई प्रदान गरिएको थियो । —

प्रकाशित : २९ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६