ब्रेकिंग न्युज

राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’



काठमाडौँ, २३ चैत

राष्ट्रियसभाका सदस्य रामकुमारी झाँक्रीले सिंहदबार, सर्वाेच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण संरचना जलाउँदा पनि केही हुँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेकपा (एमाले) का नेत्री झाँकीले गत भदौ २३ र २४ को को जेनजी आन्दोलन शान्तिपूर्ण थियो भन्ने नाममा ऐतिहासिक संरचनाहरू जलाइनुको उत्तर कसले खोज्ने भन्ने प्रश्न सृजना भएको टिप्पणी गर्नुभयो । सो सभामा निर्वाचित भएपछि सभामा पहिलो पटक बोल्दै उहाँले युवालाई कसले प्रयोग गरे भन्ने निष्पक्ष छानबिन हुनुपर्ने र राज्यलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा सबै ठीक थियो वा सबै गलत थियो भन्ने भाष्य पनि सही नभएको उल्लेख गर्दै समाजको विकासक्रमसँगै भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्ने पनि बताउनुभयो । उहाँले नवयुवालाई लोकतान्त्रिक शासनकालमा भएका प्रयासबारे बुझाउँदै कमजोरीलाई सुधार्ने काममा कमजोरी भएको बताउनुभयो ।

प्रकाशित : २३ चैत्र २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६