देश

‘नयाँ वर्ष उन्नति र प्रगतिका लागि विशेष वर्ष बनोस्’



काठमाडौँ, १ वैशाख

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्ष भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त गर्नुभएको छ । नयाँवर्ष २०८३ को उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले आमनेपालीको उन्नति र प्रगतिका लागि नयाँ वर्ष विशेष वर्षका रूपमा स्थापित हुन सकोस् भनी कामना गर्नुभएको छ । नेपाली राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटकपटक क्रान्ति र आन्दोलन भएको स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “भ्रष्टाचार निवारण र सुशासनको विषय प्रतिबद्धतामा रह्यो, व्यवहारमा सार्थक भएन ।” जेनजी आन्दोलनले दिएको मुख्य दिशानिर्देश भ्रष्टाचार निवारण र सुशासन भएको बताउँदै उहाँले आन्दोलनकारीको बलिदानपूर्ण अमूल्य रगतको मर्म र भावनाअनुरूप अघि बढ्नु नेपाली मात्रको कर्तव्य र दायित्व भएको स्पष्ट पार्नुभयो । पूर्वप्रधानन्यायाधीशसमेत रहनुभएका रेग्मीले भन्नुभयो, “सरकारको कार्यशैली सकारात्मक दिशातिर उन्मुख छ । सुशासन भनेको विधिको शासन हो । नववर्षले सबैमा नयाँ उत्साह र उमङ्ग ल्याओस् । यस वर्ष राष्ट्र निर्माण र समस्त नेपालीको उन्नति एवं प्रगति होओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।” —

प्रकाशित : १ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६