ब्रेकिंग न्युज

जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते



काँक्रेविहार (सुर्खेत), ५ वैशाखः सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडकखण्डमा जन्ती सवार जिप दुर्घटना भएको छ । बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुप्र०१००१ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको रहेका छन् । दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सुर्खेतको मेहलकुनास्थित अस्पताल लगिएको ।

प्रकाशित : ६ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६