अर्थ-वाणिज्य

मन्त्री चौधरीद्वारा कृषि बिमा, मल र बजारीकरण सुधारमा जोड



काठमाडौँ, ७ वैशाखः

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि परामर्श गर्नुभएको छ । आज उहाँले केरा उत्पादक किसानसँगको भेट गरी केरा उत्पादन, बजारीकरण, मल आपूर्तिलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री चौधरीले किसानलाई कृषि क्षेत्रमा टिकिरहन बिमा, उत्पादन र बजार व्यवस्थापनमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ । छलफलमा मन्त्री चौधरीले नेपालमा उत्पादन हुने कृषि उपजलाई प्राथमिकता दिनुपर्ने र आपूर्ति व्यवस्थामा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वबजारमा रासायनिक मलको अभाव देखिए पनि सरकारले यसको सहज आपूर्तिका लागि पहल गरिरहेको जानकारी दिनुभयो । “अभावको बहानामा मूल्यवृद्धि गर्नु वैधानिक होइन, कालोबजारी नियन्त्रणमा सबैको सहयोग आवश्यक छ । त्यसका लागि सरकारले पनि आवश्यक सतर्कता अपनाइरहेको छ”, उहाँले भन्नुभयो । किसानहरूले भने बिमा, मल आपूर्ति, बजारीकरण र नीतिगत समस्याबारे गुनासो राख्दै बिमा भुक्तानीमा ढिलाइ, ‘प्रिमियम’ तिरे पनि क्षतिपूर्ति नपाइएको, प्राकृतिक विपत्तिबाट भएको क्षतिको राहत नपाएकालगायत विषयमा ध्यानाकर्षण गराएका थिए । केराखेतीमा संलग्न किसानले सीमामा कडाइ, मल अभाव र बजारमूल्यमा अस्थिरताका कारण समस्या भोग्नुपरेको गुनासो गरेका थियो । छलफलमा सहभागी कैलालीका किसान दीपेन्द्र थारुले किसानले लगानी गरे पनि उचित प्रतिफल नपाएको गुनासो गरेको बताउनुभयो । चितवनका जनकराज पन्तले जग्गा व्यवस्थापन र नदी किनारमा बगरखेती प्रवर्द्धन र्गा सुझाव दिनुभएको थियो । किसानहरूले रु ५० लाखसम्मको लगानीमा ८० प्रतिशत बिमा सुविधा भए पनि भुक्तानी प्रक्रिया प्रभावकारी नभएको गुनासो गरेका थिए । एक वर्ष बित्दा पनि बिमा दाबी भुक्तानी नहुने समस्या रहेकाबारे जानकारी गराइएको थियो । जवाफमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बिमा प्रक्रियालाई सहज बनाउन पहल भइरहेको बताउनुभयो । उहाँले मल आपूर्ति बढाउन, उत्पादन सुधारलगायत विषयमा मन्त्रालयले काम गरिरहेको जानकारी गराउनुभयो ।

प्रकाशित : ७ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६